• Nederlands
  • Français
  • Deutsch
  • Polski
  • Español
  • Italiano
  • English

किज ब्रनिन्कमेयर फाउण्डेशन

किज ब्रनिन्कमेयर फाउण्डेशन
फाउण्डेशनको ईतिहास

किज ब्रनिन्कमेयर फाउण्डेशन एउटा गैर नाफामुलक संस्थाहो जसले उच्च पर्वतीय उद्योगका पेशेवरहरुलाई हाडजोर्नी सम्बन्धी औषधोपचार को श्रोत ब्यवस्थापन गर्दछ । यो फाउण्डेशन किज ब्रनिन्कमेयर को प्रेरणामा उनको संस्मरण स्वरुप स्थापित भएको हो । किज ब्रनिन्कमेयरको देहावसान त्यस बखत भएको थियो जतिखेर उनी एउटा उच्च पर्वतीय स्की तथा पर्वतारोहण पथ प्रदर्शकको पेशामा सक्रिय हुन खोजिरहेका थिए । उच्च पर्वतीय पथ प्रदर्शक, पेट्रोलर तथा पर्वतीय प्रशिक्षकहरु जो आफ्नो पेशा निरन्तर गर्न चाहान्छन, उनीहरुलाई आवश्यक पर्ने औषधोपचार तथा शल्यक्रिया का लागि आवश्यक आर्थिक सहयोग उपलब्ध गराउन यस फाउण्डेशनको स्थापना भएको थियो ।
उनको आफ्नो पेशाका दौरानमा, आलास्कामा हेलि स्की गाईड गर्दै गर्दा किजले आफ्नो घुँडा घाईते बनाएका थिए । उनले आफ्नो घाईते घुँडा सँगै उक्त मौसम समापन गर्न सकेका थिए तथापी उनको स्वास्थ स्थिति यति सम्म बिग्रिएको थियो कि पुन काममा फर्किन उनलाई पुर्नस्थापना शल्यक्रिया गर्नु पर्ने अवस्था थियो । आफ्नो शल्यक्रियाको लागि किजले भेइल कोलोराडो स्थित स्टेडम्यान क्लिनिकका डाक्टर स्टेडम्यान लाई चुने किनकी उनको खेलाडीहरुलाई पुर्नस्थापना तथा खेल मा फर्कन मद्दत गर्न सक्ने क्षमता बिकास सम्बन्धी उनको कार्यको राम्रो अभिलेख थियो । किजको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भयो साथै उनको पुर्नस्थापनाको लागि गरेको परिश्रम स्वरुप उनी आफ्नो नियमित पेशामा फर्कन सफल भई क्यानेडियन माउन्टेन गाईड सँघबाट आफ्नो योग्यता प्रमाणित गर्ने तिर लागे । सोही समयमा किज आफ्नो पेशामा फर्कन पाउँदा कृतज्ञ थिए, यसका साथै आफ्ना धेरै साथीहरु आर्थिक अवस्था एवं औषधी उपचार को उचित ब्यवस्था नभएको कारणले आफ्नो पेशामा फर्कन नपाएको अवस्था प्रति पनि सचेत थिए । अल्पाईन पेट्रोलर, पर्वतारोहण पथ प्रदर्शक तथा पर्वतारोहण प्रशिक्षकहरु जसको पेशा पूर्ण रुपमा स्वस्थ शरिरमा आधारित हुन्छ तिनले शल्यक्रियात्मक उपचार बिधि गर्नु पर्ने अवस्था आएमा निकै नै ठुलो आर्थिक भार खेप्नु पर्ने कटु अवस्था प्रति किज निकै नै सचेत थिए । आपूmले पाएको उच्च स्तरको औषधोपचार सोही पेशामा रहेका अन्य आफ्ना सहकर्मीहरुका लागि उपलब्ध नभएको अवस्था प्रति उनी निकै चिन्तित थिए । आफुले पाएको सोही प्रकारको औषधउपचार अन्य सहकर्मीहरुले पनि पाउन भन्ने मुख्य उद्देश्य सहित यो फाउण्डेशन स्थापना भएको थियो । यसै क्रममा यस प्रकारको उपचार चाहने पेशाकर्मीहरुका लागि स्टेडम्यान क्लिनिकमा औषधोपचारका लागि आर्थिक सहयोग लिन चाहने उम्मेदवारहरु स्वीकार गर्ने अवस्था शुरु गरियो ।
सन् २००७ मा किज तथा उनकी महिला मित्र क्लेएर डिक्सनको क्योनेडियन रक्की हिमालको वाप्टा हिम क्षेत्रमा एउटा माउण्टेन हटको स्वेच्छिक संरक्षण गर्दै गरेको अवस्थामा पर्वतीय दुर्घटनामा परि मृत्यु भयो । किज तथा क्लेएर दुवै जना दक्ष पर्वतारोही तथा स्की खेलाडी थिए । उनीहरुको मेक्किन्लि हिमाल आरोहण तथा स्की गर्ने क्रममा भेट भएको थियो तथा दुवै जना हिमाली क्षेत्रमा समय ब्यतित गर्ने ईच्छा राख्दथे । पर्वतीय वातावरणका बिभिन्न चुनौतीहरु सामना गर्ने क्रममा उनीहरुले समय सापेक्ष आफ्नो सफल पेशा का लागि आवश्यक क्षमता बिकास गर्ने क्रमलाई निरन्तरता दिई रहेका थिए । किज एक पर्वतारोहण पथ प्रर्दशक तथा स्की प्रशिक्षक थिए भने क्लेएर फिजिकल थेरापिष्ट थिईन । चुनौतीलाई उत्साहित भएर ग्रहण गर्ने सक्ने किजको क्षमताप्रति मान्छेहरु निकै नै प्रभावित थिए । आवश्यक तयारी गरि जीवनमा आईपर्ने अवरोधलाई हराउँदै अगाडी बढ्ने किजको बानीले उनका ग्राहकहरु एवँ साथीहरु मात्र नभई उनलाई ब्यक्तिगत रुपमा नचिन्ने मान्छेहरु समेत प्रेरित थिए । हिमाली बातावरण प्रति उनको आशक्ति, उक्त क्षेत्रमा उनले गर्ने बिभिन्न सफल गतिबिधिहरुको सुखद अनुभव उनी सदा सवैसँग बाड्थ्ये । उनको यीनै गुणहरुको कदर गर्दै, किज ब्रनिन्कमेयर फाउण्डेशनले त्यस्ता दक्ष, हिमाल प्रति आशक्त तथा आफ्नो पेशा प्रति समर्पित पेशाकर्मीहरुलाई आवश्यक औषधोपचारका लागि सहयोग पु¥याउने उद्देश्य राखेको छ ।